• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ । मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरे ।

समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए ।

सोहीअनुसार भारतीय निर्माण कम्पनीले आजदेखि बन्दरगाह निर्माणको प्रारम्भिक काम सुरु गरेको छ । “निर्माण कार्यको प्रारम्भिक काम सुरु भएको छ, पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम गर्नुहुन्छ”, उनले भने, “यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ”, उहाँले निर्माण सुरु भएकाले चाँडै बन्दरगाह निर्माण हुने बताए ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्नेछ । उनले भने, “यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरी उद्योगधन्दा खेल्नुपर्छ ।”

बन्दरगाह निर्माणपछि तेस्रो मुलुकसँग निर्यातको ढोका खुल्ने बताउनुभयो । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी भएका छन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबिच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रूपैयाँँ लागतमा ठेक्का सम्झौता गरेको छ ।

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गा हुने सपना देखेका सुदूरपश्चिमवासीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन् ।

“दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठुलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३०० किलोमिटर घुमाएर यहाँ ल्याउनुपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।” उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले भने, “बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठुलो सहयोग पुग्छ ।”

अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयातरनिर्यात हुने गरेको छ । “सुदूरपश्चिममा जडीबुटीलगायतका थुप्रै सम्भावना छन् बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ”, उनले भने, “यसले वस्तुको लागत त घट्छ नै रोजगारीका सम्भावना समेत खुल्छन् ।”

उनले भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने बताए ।बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।

भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।रासस

बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.