धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते (आइतबार) सार्वजनिक विदा दिएको छ।
राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले साउन ११ गते स्थानीय सार्वजनिक विदा दिएको हो।
नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको जनाइएको छ । सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।















