• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए । जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेले जानकारी दिए।

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उनले भने । हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको सूचना अधिकारी वाग्लेको भनाइ छ । उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए ।

“यहाँ भारतीय पर्यटकको ठुलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन्”, सूचना अधिकारी वाग्लेले भने–“यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उनले बताए ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झन्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडा दर हुनुपर्ने थियो त्यो छैन त्यस कारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरू फर्किने गरेका छन्”, सूचना अधिकारी वाग्लेले भने– “पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ ।”

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन् । “नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपर्थ्यो त्यो छैन ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने–“सीमित पूर्वाधार र प्रचारप्रसार अभाव ।” उनले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताए ।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए । उनले भने–“यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन् ।” उनका अनुसार यहाँ छिमेकीमूलक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन् ।

“यहाँको विशाल घाँसे मैदान, चराचुरुङ्गी, शान्त वातावरण विदेशीहरूले एकदमै मन पराउँछन्”, पथप्रदर्शक पनेरुले भने–“फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।”

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन् । तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठुलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दा बढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटे बाघ रहेका छन् । विश्वकै सबैभन्दा ठुलो घाँसे मैदान रहेका कारण पनि यसको बेग्लै विशेषता छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध छ । रासस

शनिबार, साउन १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.