धनगढी । कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय नवराज मिजार रहेको प्रहरीले जनाएको छ ।
मिजारलाई कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको जनाइएको छ । मिजारलाई शंका लागि चेकजाँच गर्दा ५१० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।















