धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्नी शोकमा रहेका पत्रकार मीन बमलाई समवेदना व्यक्त गरेको छ ।
मंगलबार धनगढीस्थित पत्रकार बमको निवास पुगेर प्रदेश अध्यक्ष भरतबहादुर शाह,महासचिव शिवराज भट्टलगायतको टोलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे।
अध्यक्ष शाहले पत्रकार बम पत्नी शव्या शाही बमको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन समवेदना प्रकट गरेका छन् । पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमालजोशी,पत्रकार टंक कुँवरलगायतको सहभागिता रहेको थियो ।
पत्रकार बम सुदूरपश्चिमको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार हुन् ।













