• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

‘वृक्षारोपणमा लाखौँ खर्च, संरक्षण अभावले अधिकांश सुक्छन्’

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

कञ्चनपुर । जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुन सकेको छैन ।

डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ ।

त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् ।

वन जङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरबाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ ।डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवरले वृक्षारोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताए ।

“बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन”, उनले भने, “न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ”, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।

“तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुई तीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ”, उनले भने । “वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षारोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ”, उहाँले भन्नुभयो, “खाली चौर तथा बगरमा वृक्षारोपण गर्दा राम्रै हुन्छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले पनि वृक्षारोपणबारे प्राविधिक ज्ञानको अभाव देखिएको बताए ।“बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन”, वाग्लेले भने, “यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षारोपण अभियानले सार्थकता पाउँदैन ।”

बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षारोपण अभियान आशातीत रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उनले बताए । “वृक्षारोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन”, उनले भने, “माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवा मात्र रोप्नुपर्छ ।”

बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । “बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उनले भने, “त्यसो गर्न सकिएमा मात्र वृक्षारोपणको कार्यले सफलता पाउँछ ।”

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले वृक्षारोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताए ।

“रोपेका सबै बिरुवा त बाँच्दैनन्”, उनले भने, “५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ ।” सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बगर क्षेत्रमा वृक्षारोपणलाई जोड दिइरहेको उहाँको भनाइ छ ।

वृक्षारोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उनी बताउँछन् । विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यस कार्यमा सफल भएको बताए ।

समन्वय समितिसँग आबद्ध वनहरूमा विजयसालका पुनः उत्पादन भएका वनहरू देख्न सकिनेमा उनले जोड दिए ।जोशीका अनुसार वृक्षारोपणसँगै अब बिरुवा पुनः उत्पादन (नर्सरीबिना उम्रने बिरुवा) प्रविधिमा पनि जोड दिनुपर्ने आवश्यकता छ । “स्थानीय जातका माउ रुख सुरक्षित गरौँ”, उनले भने, “त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ ।”

दीर्घकालीन रूपमा सोचेर बहु वर्षे प्रजातिका बिरुवा उत्पादन, रोपणपछि संरक्षण, निगरानी तथा समुदायमा जनचेतना फैलाउने अभियान सञ्चालन गरिएमा मात्र वृक्षारोपण सफल हुने उनले बताए ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले वृक्षारोपण कार्यक्रम पूर्ण रूपमा असफल भने नभएको बताए । “असफल भने भएको होइन, सोचे जति सफल पनि हुन सकेको छैन”, उनले भने ।

“विगतका वर्षहरूको तुलनामा वनमाथिको निर्भरता कम हुँदै गएको छ”, उनले भने, “स्थानीय बासिन्दाले निजी जग्गामा गर्ने वृक्षारोपणले दाउरा, घाँसपातका लागि वनमाथि नै पहिले निर्भर हुनुपर्दथ्यो, हाल वनमाथिको निर्भरता निकै घटेको पाइएको छ ।”

बिरुवा रोपेर मात्र नपुग्ने भएकाले हुर्काउन सकेनौँ भने लगानी खेर जाने उनले बताए । उनका अनुसार नर्सरीबाट बिरुवा ल्याउने तरिका, खाल्डोको गहिराइ, रोप्ने विधि, संरक्षण विधि, सिँचाइ, घेराबार, मलजल, रोग कीराबाट जोगाउने उपायबारे उपभोक्ता जानकार नहुँदा वृक्षारोपणले सफलता प्राप्त गर्न कठिन हुन्छ ।

“नर्सरीबाट वनसम्म ल्याइने बिरुवालाई बच्चाजस्तै स्याहारसुसार अनिवार्य हुन्छ”, निर्देशक विष्टले भने, “बर्सेनि लाखौँ बिरुवा रोपिन्छन्, तर संरक्षणमा कमजोरी हुँदा रूखमा परिणत नहुँदै सकिन्छन् ।”

सामुदायिक वनका सरोकारवालालाई वृक्षारोपणको गुणस्तर र दीर्घकालीन प्रभावका विषयमा जागरूकता बढाउन आवश्यक रहेको उनले बताए । त्यसका लागि कञ्चनपुरका केही वनहरूमा आफैँ पुगेर वृक्षारोपणबारे प्राविधिक जानकारी दिने कार्य गरिएको निर्देशक विष्टको भनाइ छ ।रासस

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.