धनगढी । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय मानसिंह बटला, ४२ वर्षीया निरादेवी मगर र ४६ वर्षीय देवबहादुर चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको मिति २०८१ भदै १८ गतेको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा जनही रु १ लाख २५ हजार ४६३ जरिवाना तोकिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखड खटिएको प्रहरी टोलीले शुक्रबार पहलमानपुर बजारबाट पक्राउ गरेको जनाइएको छ ।













