धनगढी । प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य स्वर्गीय दीर्घबहादुर खत्रीको निधनपछि प्रेस चौतारी नेपाल प्रदेश समितिले खत्रीको घरमै पुगेर शोकाकुल परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुका साथै समवेदना प्रकट गरेको छ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज दीलबहादुर छत्याल, सह–इन्चार्ज सुशील ढुङ्गाना, कैलाली जिल्ला इन्चार्ज हरि जोशी,प्रदेश उपाध्यक्ष मीन ठकुरी, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुङ्गानालगायतको टोलीले संगठनबाट संकलित रु ५२ हजार १२५ नगद रकम शोकसन्तप्त परिवारलाई शनिबार हस्तान्तरण गरेका हुन्।
सहयोग तथा समवेदना कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाह,प्रेस चौतारीका नेता गोविन्द रोस्यारा,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव शिवराज भट्ट, सचिव इन्दु केसी, कैलाली उपाध्यक्ष विराज रोस्यारा लगायतका पत्रकारको उपस्थिति रहेको थियो।















