धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोक, भजनी नगरपालिका–७ हिक्मतपुर घाट र टीकापुर नगरपालिका–८ भैयाबाडास्थित मोहना नदी किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु २ लाख ३१ हजार बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो मूल्यका चिनी, बिडी, सुर्ती, साडी, कुर्ता सुरवाल, धोती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













