कैलाली । पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान ५:५० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्र भएर बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ।
तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।













