• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

दुबई प्रहरीको अवकाशपछि भैँसीपालन व्यवसायमा रमाउँदै साउद

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

कैलाली । काम गर्न सके आफ्नै देशमा केही गर्न सकिन्छ भन्दै गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४६ वर्षीय सुरेन्द्रबहादुर साउद भैँसीपालन व्यवसायमा लागेका छन् । उनी अहिले भैँसीपालन व्यवसायमा रमाउन थालेका छन् । वार्षिक ३ लाख ६० हजार भाडा तिर्ने गरी ३४ कठ्ठा जमिनमा उनले व्यवसाय सुरु गरेका हुन् ।

२०५६ सालमा आर्मीको जागिर सुरु गरेका उनी २०७६ मा अवकाश भए । अवकासपछि विदेशको युएई गए र दुवई प्रहरीको रुपमा ५ वर्ष काम गरे । साउद लगायत एक हजार ८ सय जनाको टुकडीलाई अन्तर्राष्ट्रिय बिमानस्थलको सुरक्षामा खटाइएको थियो । पछि सरकारले बिमानस्थल सुरक्षाका लागि आर्मीलाई दिएको र स्वतः आफूहरुको अवकाश भएको उनले बताए । ‘म सँगै काम गरेका अन्य साथीहरु कामको खोजीमा रशिया तिर लागे’ उनले भने ‘आफू नेपालमै केही गर्नुपर्छ भनेर नेपाल फर्केर आएको छु ।’ सोही सोचका साथ आफूले यही भदौ १ गतेबाट ४ भैँसी र दुई वटा गाईबाट व्यवसाय सुरु गरेको उनले बताए ।

‘योजना ठूलो छ । अहिले भैँसीलाई खानाको लागि घाँस,भुसा छैन । जमिनमा घाँस लगाइरहेको छु । निकट भविष्यमा ४० भैँसी लैनु तयारी अवस्थामा राख्ने रहेको उनले बताए । अहिले २ वटा मुर्रा भैँसी, १ जर्फावादी भैँसी र १ लोकल भैँसी २ वटा गाई रहेको उनले बताए । भौतिक संरचना निर्माणमा २० लाख र भैँसीमा ६ लाख खर्च भएको उनले बताए ।

अहिले ४० लिटर दूध बेच्ने गरेको र प्रतिलिटर ९० रुपैयाँमा विक्री गर्ने गरेको उनले बताए । मासिक एक लाखको कारोवार हुने गरेको उनको भनाइ छ । सबै खर्च कटायर मासिक ६० हजार बचत गर्ने गरेको उनले बताए । उनले भने ‘अहिले खान लाउन ठीकै पुग्छ । लगत्तै गड्यौला मल उत्पादन गर्ने र ब्राण्डिङसहित ५५ केजीको पाकेट निर्माण गरी बेच्ने योजना छ ।’

उनले भने ‘मलाई विदेशमा काम गर्दाको पीडा थाहा छ । नेपालबाट गएका नेपालीहरुको हालत के हुन्छ सबै कुराको अनुभव छ । विदेश रहदै नेपालमा सुहाउँदो के छ सोचिरहेको थिए । सोही योजनाका साथ नेपाल फर्केर आएको छु । काम पनि सुरु गरेको छु ।’ काम गर्दै जादा आफू सफल भइयो भने यहाँका युवाहरुलाई विदेश जान रोक्ने सोच रहेको उनले बताए । विदेशमा कमाउने तलब नेपालमै दिएर काम लगाउने उदेश्य आफ्नो रहेको उनको भनाइ छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययन गरिरहेको र केही स्याउका बोटा पनि लगाएको उनले बताए । सरकारले वास्तविक कृषकलाई सहुलियत दिने योजना ल्याउन आवश्यक रहेको उनले बताए । यहाँका मानिसहरु भारतबाट उत्पादित तरकारी ,फलफूल खान बाध्य भएको र सरकारले कृषकलाई दिने राम्रो योजना नहुनुले यो काम भइरहेको आफ्नो बुझाइ रहेको उनले बताए ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

समाचार

सबै

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.