धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन् ।
शुक्रबार मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता बिष्टले शुक्रबार नै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका थिए ।
यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।















