• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा पर्याप्त उर्जाको सम्भावना रहेको भन्दै हाइड्रोमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

मंसिर १ र २ गते कैलालीको धनगढीमा हुन लागको विकास तथा लगानी सम्मेलनका लागि उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले नयाँ लगानीकर्ताहरुलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् । उनले हाइड्रोका लागि लाइसेन्स लिएका लगानीकर्ताहरुलाई समेत तत्काल काम सुरु गर्न आह्वान गरे ।

मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिममा पर्याप्त उर्जाको सम्भावना छ । नयाँ लगानीकर्ताहरुलाई त्यहाँ लगानी लगाउन आह्वान गर्दछु । लाइसेन्स लिनुभएकाले पनि तत्काल लगानी गर्नु पर्छ ।’

उनले सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलन सुदूरपश्चिम प्रदेश मात्र नभई मुलुककै विकासको कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

मुख्यमन्त्री शाहले थापे, ‘सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाइरहेका छौँ । लगानीमैत्री नीतिका लागि केही कानुन संशोधनको पनि तयारीमा छौँ । विभिन्न समस्याका बीच पनि हामी प्रदेशको समृद्धि र विकासका लागि लागिरहेका छौँ । तपाईँहरूको साथको अपेक्षा गर्दछौँ ।’

अन्तरक्रिया कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले पनि मुलुकमा लगानीमैत्री वातावरण बनिरहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै लगानी भित्र्याउने तयारी गरिरहेको स्पष्ट पारे ।

मन्त्री खड्काले भने, ’कानुनमा केही समस्या छन् । हामी ती समस्याहरु समाधान गर्न लागिरहेका छौँ । पहिलो चरणमा जग्गा र वनको समस्या हल गर्ने तयारी भइरहेको छ । लगानीकर्ताले लगानी गर्दा जग्गा विवादले समस्या हुने गरेका छन् । त्यसलाई मुवाज्जा दिने, मुद्दा दर्ता गरेर काम रोक्ने प्रवृत्ति अन्त्य गर्ने गरी कानुन बनाउन लागिरहेका छौँ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोख्रेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी गराएका थिए । लगानी तथा विकास सम्मेलनका परियोजना विज्ञ दिलिप भट्टले सुदूरपश्चिममा लगानीको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा ऊर्जा क्षेत्रमा लगानी गरिरहेका तथा लगानीका लागि लाइसेन्स लिएका दुई दर्जनभन्दा बढी लगानीकर्ताको उपस्थिति थियो । उनीहरूले सरकारको नीतिका कारण लगानीमा कठिनाइ भएको भन्दै लगानीमैत्री नीति बनाउन आग्रह गरे ।

उनीहरूले कर्णाली र सुदूरपश्चिममा देशको आधा जलविद्युत सम्भावना रहेको भन्दै अब भारत मात्र नभई चीनमा पनि विद्युत बिक्री गर्नुपर्नेमा जोड दिए । दोधरा–चाँदनी बन्दरगाह निर्माण भइरहेको उल्लेख गर्दै त्यसले सुदूरपश्चिमको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले सहजीकरण गरेका थिए । उनले पनि सबै लगानीकर्तालाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका थिए ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

समाचार

सबै

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.