धनगढी । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको कैलारी गाउँपालिका-४ के गाउँ बस्ने ४६ वर्षीय मिलाल सुनार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलाली जिल्ला अदालतको फैसलाले बहुविवाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका सुनारलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सुनारलाई निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













