काठमाण्डौँ । रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले दलको मान्यता पाएको छ ।
रेशम चौधरी, कवीर सोपलगायतले आज आयोग गएर पार्टी दर्ताको प्रमाण पत्र बुझेका छन् ।
रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट विद्रोह गरेर चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । दलको अध्यक्ष रहेका कवीर जेनजी हुन् ।













