धनगढी । अछाममा एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको मेल्लेख गाउँपालिका–२ बस्ने मने धामी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत अछामको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएका धामीलाई बिहीबार पक्राउ गरिएको जनाइएको छ ।
धामीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको मंगलसैन नगरपालिका–५ को मंगलसैन बजारबाट पक्राउ गरेको जनाएको छ।















