• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

‘तथाकथित पत्रकारिता मुख्य चुनौती हो’

  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका कारण पत्रकारितामाथिको विश्वसनीयता घट्दै गएको सरोकार भएकाहरूको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयाजित ‘लोकतन्त्रको सुदृढीकरणः नागरिक सरोकार, संलग्नता र जवाफदेहिता’ विषयक कार्यशाला गोष्ठीमा वरिष्ठ पत्रकार एवं महासङ्घका पूर्वअध्यक्षहरूले पत्रकारितामाथिको गुम्दो जनविश्वास बढाउन जिम्मेवार भई पत्रकारिता गर्न सुझाव दिए ।

‘डिजिटल मिडिया’, सङ्कुचित बन्दै गएको बजार र राजनीतिक दलको प्रभावले पत्रकारिताको विश्वसनीयता घट्दै गएको उनीहरूको बुझाइ छ ।

पूर्वअध्यक्षहरू किशोर नेपाल, डा तारानाथ दाहाल, विष्णु निष्ठुरी र वर्तमान अध्यक्ष निर्मला शर्माले पत्रकारिताको विश्वसनीयतामा बहस गरे । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचनाका माध्यम र पत्रकारितालाई फरक फरक रूपमा बुझ्न सके विश्वसनीयता कायम राख्न मद्दत पुग्ने धारणा राखे ।

“हाल तथाकथित पत्रकारिता, तथाकथित नागरिक पत्रकारिता र भ्रामक सूचनाको चुनौती छ”, उनले भने, “हाम्रा धेरै पत्रकार साथीहरू ‘पोडकास्ट’मा जोडिन थाल्नुभएको छ, तर पत्रकारिता गर्दाको नैतिकतालाई बिर्सेर सञ्चालन गर्दा त्यसको नकारात्मक प्रभाव देखिन थालेका छन् ।”

महासङ्घका पूर्वअध्यक्षसमेत रहेका डा आचार्यले पत्रकारिताका सिद्धान्त र आचारसंहिता सामाजिक सञ्जालमा अभ्यास नहुने भन्दै त्यसले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता घटेको जिकिर गरे ।

महासङ्घका पूर्वअध्यक्ष नेपालले पत्रकारहरू राजनीतिक दल एवं नेताको प्रभाव र दबाबमा पर्ने गरेको गुनासो गरे । पत्रकार अध्ययनशील बन्नुपर्ने र निष्पक्ष पत्रकारिताको अभ्यासबाट जनविश्वास बचाउन सकिने उनको भनाइ थियो ।

“पत्रकार नेतामुखी भयौँ । अचेल दलका नेताहरूले हाम्रा नेता चुन्ने र प्रभावमा राख्ने अभ्यास देखिन्छ”, वरिष्ठ पत्रकार नेपालले भने, “स्वतन्त्र पत्रकारिताको नारा बोकेर दलको निर्देशन मान्ने भएपछि हामी कसरी आत्मनिर्भर, स्वतन्त्र र बलियो पत्रकारिता गर्न सक्छौ रु”

महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार दाहालले पत्रकारिता र राजनीतिलाई छुट्याउन नसक्नु पत्रकारितामा आएको सङ्कटको मुख्य कारण भएकाृ बताए । उनले पछिल्लो समय ‘कर्पोरेट’ पत्रकारिता बढ्नु विचारणीय भएको भन्दै अब प्रविधिको प्रयोगलाई अवसरका रूपमा लिनुपर्ने सुझाव प्रस्तुत गरे ।

“पत्रकारिताको विश्वसनीयता र अर्थतन्त्र नै सङ्कटमा छ । व्यापारिक पक्षबारे मात्र लेख्ने प्रचलन साह्रै बढेको छ, यो विचारणीय कुरा हो”, दाहालले भने, “विश्वसनीयताबारे प्रश्न उठाउने माध्यमहरू यति धेरै भए कि कुन पत्रकारिताका माध्यम हुन् वा कुन हैनन् भन्ने नै छुट्याउन गाह्रो भएको छ । यस्तो समयमा सूचनाको उत्पादन र वितरणको चित्र नै परिवर्तन हुँदै गएको छ ।”

पूर्वअध्यक्ष निष्ठुरीले पत्रकारितमाथिको जनविश्वासलाई बचाइराख्न निष्पक्ष पत्रकारिता नै पहिलो सर्त भएको धारणा राखे । “पत्रकारितालाई जनताले पत्याउन छाडे । त्यसको पहिलो कारण हामी सबै सत्तारूढ भयौँ । दल र सरकारको सत्तारूढ सदस्य भयौँ”, उनले भने, “यस्तै, हाम्रा धेरै साथीहरू प्रेस सल्लाहाकार भएका छन् । पत्रकारिता दल र सत्तामा रमाइरहेको छ ।”

महासङ्घका अध्यक्ष शर्माले जिम्मेवारपूर्वक पत्रकारिता गर्न आह्वान गरे । “पत्रकारिताको विश्वसनीयतामाथि इतिहासमा नै यति ठूलो प्रश्न पहिलोे पटक अनुभव गरेको छु”, उनले भने, “समाचारका हेडलाइनमात्र खोजिरहेका छौँ । विश्वसनीयता घट्दो छ । खोजी समाचार पनि एकदुई महिनासम्म मात्र टिक्छ । गुम्दो विश्वसनीयतालाई कसरी बचाउने यसमा बहस आवश्यक छ ।” रासस

शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति
देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

समाचार

सबै

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.