धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले मान्छेले आयु लम्ब्याउन साइकल यात्रा महत्वपूर्ण हुने बताएका छन् ।
आज धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सफा,हरियो,उज्यालो र सुरक्षित धनगढीका लागि ‘साइकल ¥याली’को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘पछिल्लो समय हाम्रो आयू घट्दै गएको छ । त्यसलाई बढाउनका लागि साइकल यात्रालाई माया गरौँ,प्रेम गरौँ ।’ पछिल्लो समय प्रदुषण बढिरहेका बेला वातावरण सफा राख्न आवश्यक भएको बताए । उनले भने ‘हामीले वातावरण सफा सुग्घर बनाऔँ,साइकलको यात्रालाइृ सबैले आत्मसाथ गरौँ ।’
उनले धनगढी उपमहानगरले गरेका सकारात्मक कामको अनुशरण गर्नुपर्ने बताए । उनले साइकल यात्राले मानव जीवनमा निकै फाइदा पु¥याउने बताउँदै सबैले साइकल यात्रा गर्न आवश्यक भएको बताए ।
प्रदुषण बढिरहेका बेला त्यसलाई घटाउन धनगढी उपमहानगरपालिकाले गरेको साइकल ¥यालीले निकै महत्वपूर्ण सन्देश दिन खोजेको उनले बताए ।













