• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

आहा ! आलिताल

  •   आइतबार, पुष ०६, २०८२ मा प्रकाशित

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए ।

स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ । तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफैँमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने बताए । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर ९डोटी०– जोगबुढा ९डडेल्धुरा० सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उनलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भनिन् । तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् ।

रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहेकी थिइन् । उनी जीवित रहिन् । पछि शिव भगवान्ले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत ९आली० भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ ।रासस

आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.