धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीका मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरा जंगलस्थित भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका रु ८ लाख ५० हजार बराबरका ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको छ ।















