धनगढी । कैलालीबाट विभिन्न मुद्दामा फरार २७ जना प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका उनीहरूलाई आइतबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका सबै जनालाई कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।













