धनगढी । कैलालीको अत्तरियामा आज (बुधबार)देखि सृजनशील गोदावरी सांस्कृतिक महोत्सव हुँदैछ । न्यु सृजनशील युवा क्लबको आयोजनामा आवबाट माहोत्सव हुन लागेको हो ।
आयोजकले सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले अत्तरियाको आर्थिक कारोबारमा वृद्धि हुने अपेक्षा गरेको छ ।
अत्तरिया पूर्वरोड स्थित खुला मैदानमा हुने महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय कला, संस्कृति, पर्यटन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवमा विभिन्न १८० भन्दा बढी स्टल रहेका जनाइएको छ ।
महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत प्रस्तुति, बाल उद्यान, मनोरञ्जनात्मक मेला तथा थारु गाउँको विशेष प्रदर्शनी रहेको छन । महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवद्र्धनसम्बन्धी सूचना स्टलहरू समेत रहनेछन् । महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र साधारणका लागि १०० रुपैयाँ तोकिएको छ ।















