धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार छनोट गर्न थालेको छ ।
पार्टीले यतिबेला कैलालीमा पनि उम्मेदवार छनोट गर्न थालेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कैलाली-५ बाट ५ जनाको नाम सिफारिस गरेको पार्टीका युवा नेता रमेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार बुधबार बसेको पार्टीको क्षेत्रीय कमिटीको बैठकले नरबहादुर शाह ‘निर्मल’, प्रेम बिसी,ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
बुढाथोकीको नाम महिला र पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको उनले बताए।













