धनगढी । कैलाली प्रहरीले १७ बर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका–५ बस्ने ४५ वर्षीय प्रेम भन्ने सुरज थापा हरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका थापालाई बुधबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार २०६५ भदौ ९ गते सवारी ज्यान मुद्दामा मुद्दा दर्ता भइ वारदात मिति २०६५ भदौ ७ गते घटनास्थलबाटै भागी थापा फरार रहेका थिए ।
थापालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरठेगानाबाट फेलापारी पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।













