धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा पुर्वबाट पश्चिमतर्फ गइरहेको चालक घोडाघोडी नगरपालिका–११ बस्ने २४ वर्षीय विशाल कठरियाले चलाएको से ७ प ८१६५ नम्बरको मोटरसाइकल शुक्रवार राति पुलको किनारमा ठोक्किदा चालकको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार मोटरसाईकल चालक विशालको धनगढीस्थित नवजिवन अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षकी रिता कठरिया घाइते भएकी छन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।















