कैलाली । सुदुरपश्चिम प्रदेशका केही जिल्लामा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यू भएको छ । शुक्रबार साँझ कैलालीको लम्कीचुहा ३ बल्चौर कैलाशधाम तिर्थस्थल नजिक पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको चालक लम्कीचुहा नगरपालिका १ लम्की बस्ने वर्ष २६ को अनिष भण्डारीले चलाएको से ४ प ६७६० नम्बरको मोटरसाईकल अचानक अनियन्त्रित भई सडकको दाहिने तर्फको किनारमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना हुँदा चालक भण्डारीको मृत्यु भएको छ ।
कैलाली बर्दगोरिया १ र ४ को सिमानामा रहेको काँडा पुलमा पुर्वबाट पश्चिमतर्फ गइरहेको चालक जिल्ला कैलाली घोडाघोडी ११ बस्ने बर्ष २४ को बिशाल कठरियाले चलाएको से ७ प ८१६५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पुलको किनारमा ठोक्किदा मोटरसाईकल चालक कठरियाको मृत्यु भएको छ ।
शुक्रबार नै कञ्चनपुर शुक्लाफाँटा ५ बनसमिति स्थित पुर्ब पश्चिम राजमार्गमा महेन्द्रनगरबाट झलारीतर्फ आउँदै गरेको चालक लालझाडि ३ बस्ने बर्ष २६ को बिरेन्द्र रानाले चलाएको म १ त ९३१ नम्बर को ट्याक्टरसंग बिपरित दिशाबाट आउँदै गरेको सु.प.प्र०२-००४ प २६८८
नम्बरको मोटरसाईकल ठोकिदा मोटरसाईकल चालक जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.५ खजुवा बस्ने वर्ष ४५ को गुड्डु बि.क, र सोही मोटरसाईकल पछाडि सवार वर्ष ४० को बिरराम पोख्रेल दुबै जना घाईते भई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेकोमा मोटरसाईकल चालक गुड्डु बि.क.को अस्पतालमा उपचारको क्रममा मृत्यू भएको,टेयाक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा आलिताल गा.पा.४ जालिटुडा स्थित बुडर जोगबुढा सडक खण्डमा शुक्रबार जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको चालक जिल्ला डोटी जोरायल २ बस्ने बर्ष २४ को लक्ष्मण चौधरीले चलाएको म १ च ४४१ नं. को जिप र बिपरित दिशातर्फ आउँदै गरेको चालक जिल्ला डडेल्धुरा परशुराम १० जजोला बस्ने बर्ष २३ को गोपाल मगरले चलाएको भि.न.पा. ००१ ह ४०८ नं. को अटो एक आपसमा ठोकिदा अटोमा सवार जिल्ला डडेल्धुरा परशुराम न.पा.१० जजोला बस्ने बर्ष २६ को राम बहादुर बराल मगर र जिल्ला अछाम पञ्चदेवल न.पा.३ बस्ने बर्ष २१ की सबिता थापा मगर दुबै जना घाईते भई जोगबुडा अस्पताल जोगबुडामा उपचार भईरहेकोमा राम बहादुर बराल मगरको अस्पतालमा उपचारको क्रममा मृत्यू भएको, जिप चालक प्रहरीको नियन्त्रणमा, अटो चालक परार रहेको, घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















