धनगढी । धनगढी उपमहानगरपालिकाले उपमहानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ५ सय ७६ जना दलित छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। चालु आवको वार्षिक नीति तथा कार्यक्रमअनुसार उपमहानगरले आइतबारदेखि ‘जुठे दमाई’ छात्रवृत्ति वितरण गर्न थालेको हो।
आइतबार धनगढी उपमहानगरपालिका–१६ स्थित शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई नगरप्रमुख गोपाल हमालले शैक्षिक सामाग्री वितरण गरेका हुन्। जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।
सो छात्रवृति कार्यक्रमअन्तर्गत उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने उपमहानगरपालिकाले जनाएको छ।













