धनगढी । कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६२० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय नरेश थापालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ













