धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको बेदकोट नगरपालिका–३ समादैजी स्थितबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६४० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका–१ बस्ने २५ वर्षीय रोहित भण्डारी र सोही स्थान बस्ने खत्री नास्ता पसलका सञ्चालक ३० वर्षीय मदन खत्रीको साथबाट २५ ग्राम ५३० मिलिग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी सुँडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।



















