धनगढी । कैलालीमा १५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका-९ बस्ने ८४ वर्षीय बीरबहादुर जाग्री रहेको प्रहरीले जनाएको छ ।
जाग्रीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले बिहीबार निजलाई पक्राउ गरेको जनाएको छ ।



















