धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभामा विश्वासको मत लिइरहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
नेकपाका प्रमुख सचेतक खुशीराम चौधरीले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेका हुन् ।
नेकपा संसदीय दलका नेता भट्ट गत साउन २९ गते नेकपा(एमाले)को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने जनाइएको छ । यहाँ बहुमतका लागि २६ प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।
नेकपाका सभामुखसहित २२ जना सांसद रहेकामा पूर्वमुख्यमन्त्रीसमेत रहेका दीर्घबहादुर सोडारी निलम्बित छन् । त्यस्तै,नेकपा एमालेका ११ जना सांसद रहेका छन् ।














