धनगढी । धनगढी उपमहानगरपालिका–१९ को निमपुर र मोहना नदीपारिको लग्गाभग्गा जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। करिब ३४७ मिटर लम्बाइ रहेको उक्त पुल करिब ४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।
शनिबार सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य धर्मराज पाठकले पुलको शिलान्यास गरेका हुन्। लामो समयदेखिको प्रयासपछि पुल निर्माणको काम अघि बढेको पाठकले बताए।
स्थानीय बासिन्दाको लामो समयदेखिको माग र सहयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा पुल निर्माण हुन लागेको हो। पुल निर्माण भएपछि निमपुर र मोहना पारीका बासिन्दाबीच आवतजावत सहज हुनुका साथै स्थानीयको दैनिक जीवनयापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
पुल निर्माणका लागि सहयोग गर्ने स्थानीय बासिन्दा, प्रदेश सरकारलगायत सबै पक्षलाई प्रदेशसभा सदस्य पाठकले धन्यवाद दिएका छन्।
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














