• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित

रमेश केसी

बझाङ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) जिल्ला कार्यसमिति बझाङले कक्षा ११ र १२ मा कार्यरत शिक्षकका सेवा–सुविधा, पेसागत सुरक्षा र सेवा निरन्तरतासम्बन्धी माग संघीय संसद्मा उठाइदिन प्रतिनिधिसभा सदस्य ऐन महरसँग आग्रह गरेको छ।
युनियनले बुधबार सांसद महरलाई पत्र पठाउँदै वर्षौंदेखि अध्यापन गर्दै आएका शिक्षकले नियुक्तिको प्रकृतिका आधारमा विभेद र सेवा–सुविधामा अनिश्चितता भोग्नुपरेको भन्दै उनीहरूका जायज माग सम्बोधनका लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन अनुरोध गरेको हो।
युनियनले शिक्षकलाई प्रदान गरिने प्रोत्साहन भत्तामा नियुक्तिको प्रकृतिका आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने माग गरेको छ। त्यस्तै, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चित बिरामी बिदाको व्यवस्था कार्यान्वयन गर्नुपर्ने र सेवा समाप्त हुँदा सञ्चित बिदाबापतको रकम एकमुष्ट उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।
वर्षौंदेखि निरन्तर अध्यापन गरिरहेका शिक्षकले प्रत्येक छ महिनामा करार सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाले पेसागत असुरक्षा बढाएको भन्दै युनियनले सेवा निरन्तरताको सुनिश्चितता गर्न माग गरेको छ। समान नियुक्ति प्रकृति, पद र विषय भएका शिक्षकलाई सम्बन्धित निकायको सहमतिमा सरुवा हुन सक्ने व्यवस्था गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ।
त्यसैगरी, उमेर हदका कारण अनिवार्य अवकाशमा गएका तथा लामो समय शिक्षण सेवामा योगदान पुर्‍याएका गैरस्थायी प्रकृतिका शिक्षकलाई सेवाअवधि र योगदानका आधारमा न्यायोचित आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने युनियनको माग छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको प्रोत्साहन भत्तामा राहत, करार, स्थायी तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीबीच रहेको विभेद अन्त्य गर्नुपर्ने पनि युनियनले जनाएको छ। समान काम, जिम्मेवारी र योगदानका आधारमा सुविधा उपलब्ध गराउनुपर्ने तथा श्रमसम्बन्धी अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने मागसमेत पत्रमा समेटिएको छ।
शिक्षकको पेसागत सुरक्षा, सम्मान र मनोबल उच्च नभएसम्म सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न कठिन हुने युनियनको भनाइ छ। यस्ता माग व्यक्तिगत लाभमा मात्र सीमित नभई वर्षौंदेखि शिक्षण सेवामा योगदान पुर्‍याएका शिक्षकको हक, अधिकार र पेसागत मर्यादासँग जोडिएको पत्रमा उल्लेख गरिएको छ।
हिस्टुन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष मीनबहादुर मण्डेलले सांसद महरमार्फत शिक्षकका समस्या संसद्मा उठाई आवश्यक नीतिगत, कानुनी तथा व्यावहारिक निर्णयका लागि पहल गरिदिन आग्रह गरेका छन्।
पत्र बुझ्दै सांसद महरले आगामी बैठकमा शिक्षकका यी विषय उठाउने र सम्बन्धित अन्य निकायको समेत ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको युनियनले जनाएको छ ।

  • शिक्षक
बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • २ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.