धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका ८५ हजार २५० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका विभिन्न किसिमका माला, प्लास्टिक तथा पटाकालगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।























