कञ्चनपुर ।कञ्चनपुरको विभिन्न स्थानबाट प्रहरीले ८५ हजार २५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।
भारतबाट भन्सार छली गरी ल्याइएका माला, प्लास्टिक तथा पटाकालगायतका सामान बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार























