काठमाडौं – फ्रान्सका फुटबलर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरे । उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस गर्छु । मैले मेरो इतिहास लेखेँ तर हाम्रो सपना अन्त्य भयो ।’
आइतबार भएको फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । करिम लालिगा र रियल म्याड्रिडजस्ता क्लबहरुमा खेलिसकेका खेलाडी हुन् ।























