• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ७. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सुदूरपश्चिममा सरकार बनाउने सम्भावित पाँच समीकरण

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसंग स्पष्ट बहुमत छैन । सरकार बनाउन एक आपसमा समीकरण बनाउनुको विकल्प छैन । त्यही विकल्प नहुँदा प्रदेशमा अहिलेसम्म प्रदेश सरकारको नेतृत्व कसको हातमा जाँदैछ भन्ने निश्चित भइसकेको छैन । दलहरुबीच जस्तोसुकै समीकरण पनि बन्न सक्ने हुँदा कुनै निश्चित दलको नेतृत्वमा सरकार बन्छ भनेर आँकलन गर्नसक्ने स्थिति छैन ।
संघीय सरकार गठनका लागि बनेको दलहरुबीचको केन्द्रीय गठबन्धन प्रदेशमा नरहन पनि सक्छ । पछिल्लो घटनाक्रमले यही कुराको संकेत गरेको छ । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अझै पर्ख र हेरको अवस्थामा छ । आफ्ना मागहरु सम्बोधन भएको अवस्थामा मात्रै सरकारमा रहने नभए बाहिरिने संकेत गरेको नागरिक उन्मुक्ति यता सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबेदार बनेको छ ।

अहिले सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एकीकृत समाजबादी (एस) पनि पर्ख र हेरकै अवस्थामा छ । नेकपा एस यता प्रदेशमा पनि सोही अवस्थामा छ ।
केन्द्रमा सरकारको नेतृत्व गुमाएको नेपाली कांग्रेस यता प्रदेशमा भने सरकार गठनका लागि कसरत गरिरहेको छ । बुधबार मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका नेता कमल शाहले सरकार गठनका लागि सबै दलसंग बार्ताको ढोका खुला राखेको बताएका छन् । यसले केन्द्रीय गठबन्धन विपरित पनि प्रदेशमा सरकार बन्न सक्ने संकेत गरेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस १९, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सांसद छन् ।

सरकार गठनका लागि समीकरण एक मात्रै विकल्प भएको अवस्थामा यहाँ दलहरु त्यसको कसरतमा छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यकता रहन्छ । यसका लागि विभिन्न पाँचवटा समीकरण बनाउन सकिन्छ ।

यसरी बन्न सक्छन् पाँच समीकरण
बर्तमान गठबन्धनः एमाले–माओवादी–नागरिक उन्मुक्ति–राप्रपा
सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सत्ता समीकरण अनुसार सुदूरपश्चिममा पनि सरकार गठन गर्न सकिन्छ । यसरी केन्द्रीय समझदारी अनुसार प्रदेशमा सहजै सरकार बनाउन सकिने स्थिति छ ।
यसका लागि दलहरुबीच सरकारको नेतृत्वदेखि सभामुख, उपसभामुखलगायतका पदहरु भगबण्डा हुनेछन् । नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरि २९ जना प्रदेश सभा सदस्य पुग्छ ।

पूर्वगठबन्धनः काँग्रेस–माओवादी–एस
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धन गरेर निर्वाचित भएकाले सुदूरपश्चिममा काङ्ग्रेस, माओवादी केन्द्र र एसले पनि सरकार बनाउन सक्छन् ।
मुख्यमन्त्री माओवादी केन्द्रलाई दिएर र सभामुख तथा उपसभामुख अन्य दललाई दिने गरि सत्ता समीकरणको सम्भावना पनि रहेको छ । काँग्रेसका १९, नेकपा माओवादी केन्द्र ११ र एसका चार गरि ३४ प्रदेश सभाले स्पष्ट बहुमत रहेको छ ।

सम्भावित अन्य समीकरण

एमाले–माओबादी केन्द्र–नेकपा (एस)–राप्रपा–स्वतन्त्र
यस समीकरणमा मुख्यमन्त्री नेकपा एमाले वा माओवादी केन्द्रमध्ये एक दलले लिँदै अन्य पद पनि भागबण्डा गरेर पनि सरकार गठन गर्न सकिन्छ । यस समीकरणमा स्वतन्त्रको साथ जरुरी हुन्छ । नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पाटी र स्वतन्त्र सदस्य १÷१ गरि २७ जना प्रदेश सभा सदस्य पुग्छ ।
काँग्रेस–नागरिक उन्मुक्ति–स्वतन्त्र समीकरण
नेपाली काँग्रेस वा नागरिक उन्मुक्ति एक दलले मुख्यमन्त्री लिने गरेर पनि नयाँ समीकरण बन्छ । प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र १ गरि २७ जनाको सरकारको समीकरण बनाउन सकिन्छ ।

काँग्रेस–उन्मुक्ति–एस समीकरण
नेपाली काँग्रेस वा नागरिक उन्मुक्ति एक दलले मुख्यमन्त्री लिले गरि नेकपा एससंग मिलेर पनि सरकार बनाउन सकिन्छ । यसरी सरकार गठन गर्दा अन्य पद सहमतिमा बाँडफाँड गर्न सकिन्छ ।

यसरी नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र एसका चार गरि ३० प्रदेश सभा सदस्य पुग्छन् । केन्द्रमा सरकारमा एस पार्टी सामेल नभएकाले यस समीकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ ।

  • पाँच समीकरण
  • सुदूरपश्चिम
शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.