धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्तले उम्मेदवारी पेश गरेका छन् ।
सत्तारुढ दलबाट यस प्रदेशमा उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको थियो । उन्मुक्ति पार्टीले उपसभामुख स्वीकार नगरेपछि एमाले आफनो उम्मेदवार अघि बढाएको हो ।
आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् । आजै उपसभामुखको पनि निर्वाचन हुँदैछ ।
प्रदेशको उपसभामुखको निर्वाचन (मंगलबार) आज साँझ ६ बजे हुने भएको छ ।













