काठमाडौं – भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा मंगलबार विवाह बन्धनमा बाँधिएका छन् । कियारा(सिद्धार्थले साँझ साढे ६ बजे राजस्थान जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा अग्नि परिक्रमा गरे ।
शाही विवाहका लागि होटलको मण्डपलाई विदेशी फूलले सजाइएको थियो । बिहेपछि रिसेप्सन पनि भयो । यसपछि राति अबेरसम्म दुवैको विवाहको तस्वीर बाहिर आएको थियो । जबकि कियाराले इन्स्टामा लेखेकी छिन्, ‘अब हाम्रो स्थायी बुकिङ सकियो ।’
























