काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य शुक्रबार १ हजार २२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।













