काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













