धनगढी- नेपाली साङ्गीतिक बजारमा ‘माईत बोलको तिजको गीत सार्वजनिक भएको छ । हरितालिका तिजलाई लक्षित गर्दै बजारमा आएको उक्त गीतलाई हेमन्ता भट्टराईले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
भीम बिष्टको निर्देशनमा रहेको माईत गीतमा भट्टराई स्वयमको स्वर सँगै झरना बोहरा, लक्ष्मी बिसी, पुष्पा बडैला, प्रियङ्का कुँवर, सरस्वती धामी, लक्ष्मी मल्लले अभिनय गरेका छन भने दमदुकी फिल्सस प्रा।लिले उत्पादन तथा वितरण गरेको हो । नेपाली हिन्दु नारीहरूको वास्तविक घटनामा आधारित उक्त गीतको शब्द संयोजन हेमन्ता भट्टराईको रहेको छ ।













