काठमाडौं- गायिका एलिना चौहानको अफिसियल तीज गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक ‘कल्ले देख्यो र ?’मा उनको एकल स्वर छ ।
यस गीतमा दीपक शर्माको शब्द, संगीत छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् । तीन जनाको नृत्य भिडियोमा हेर्न सकिन्छ ।
विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । जन्मदेखि विवाह हुँदासम्मको युवतीको बेदनालाई गीतमा समेटिएको छ ।
पढ्न नपाएको, घामपानी नभनी मेलापात गर्दै २० वर्ष काटेको कुरा गीतमा छ ।
२० वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र ?
बाँकी यो जिन्दगी अर्कैलाई दिएको कल्ले बुझ्यो र ?
तीजमा दुःख र पीरलाई भुलेर नाच्न समेत गीतमा भनिएको छ ।













