धनगढी- नेपाली काँग्रेस कैलालीले जाजरकोटमा भूकम्प प्रभावित क्षेत्रको पुन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । काँग्रेस कैलालीले पुन निर्माणका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।
सहयोग रकम काँग्रेस विपत् व्यवस्थापन कोषको खाता नम्बरमा जम्मा गरिएको नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रले बताए ।
भूकम्प क्षेत्रको पुन निर्माण र पुनर्स्थापनामा सरकारलाई साथ दिन उक्त रकम सहयोग गरेको उनले बताए ।
काँग्रेस केन्द्रीय कार्यालयले आव्हान गरे अनुसार मानवीय भावनलाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रबाट सबैलाई सहयोग गर्न पनि सचिव मिश्रले आव्हान गरेका छन् ।
साथै उक्त कार्यमा काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले पनि सक्रिय भएर लाग्न उनले आव्हान गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, योगेन्द्र चौधरी लगायतका नेताहरू निर्माण कार्यमा खटिएका छन् ।














