काठमाडौं- बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।













