काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। शुक्रबार नेपाली बजारमा सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ। बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख ३९ हजार रूपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ।













