धनगढी- बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले ११ हजार छ सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे।
भण्डारी २ सय ६६ मतको अन्तरले विजयी भएका हुन्। त्यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त छन् ।११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए।शनिबार भएको मतदानमा ३० हजार तीन सय २८ मत खसेको थियो। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।













