धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थान बाट प्रहरीले ३ लाख २५ हजार ७८० रुपैया बराबरका अबैध भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको धनगढी ४ बषपार्क र गोदावरकिो १ धनगढी रोडबाट बच्चाको मोजा,जेन्स मोजा, स्कुटर, थान १ लगाएतका सामान बरामद गरेको छ । त्यस्तै कञ्चनपुरको भिमदत्त १० जिमुवा जाने बाटो,पुनर्बास ११ डोके बजार बाटजेन्स,टिसर्ट,कपडा,कस्मेटिकका सामान,समर कुल लगन कुलर लगाएतका समान प्रहरीले बरमद गरेको जनाएको छ । प्रहरी कार्यालय बाट खटेका गस्ती टोलीले दुईवटै जिल्लाबाट सो मुल्य बराबरका अबैध सामान बरामद गरेको जनाएको छ ।
















