धनगढी । क्ञ्चनपुरबाट अबैध लागु औषध सहित प्रहरीले तिन जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कञ्चनपुर,भिमदत्त १० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २६ को नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ, बर्ष २१ को दिपक कार्कीको घरबाट १।५८ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र बर्ष २७ को कुश कार्कीको घरबाट ०।१५ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ गरि जम्मा १९५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र १।७३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित तिनै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















