कैलाली । डडेल्धुराको गन्याधुरा २ मा पानिमा डुबेर २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा २ कुँवर गाँउ स्थित सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्र बहादुर मल्लको छोरी वर्ष १४ की दिपा मल्ल र नारद सार्कीको छोरी वर्ष १७ की लक्ष्मी सार्की रहेका छन
उनीहरु दुईटै सिमताल खोलामा नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको, हो । प्रहरीलाई खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा बाट प्रहरी टोली खटिई गएको निजहरुलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पानिमा डुबेर दुई बालिकाको मृत्यु
पानिमा डुबेर दुई बालिकाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













